तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा तीन जनाको मृत्यु

file photo

रुपन्देही । रुपन्देहीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

देवदह नगरपालिका १० गणेशनगरमा सोमबार दुईवटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ४७ प ३२०२ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ६५ प ५८६२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा पर्वत घर भई हाल नवलपरासीको प्रतापपुर १ बस्ने वर्ष ५८ वर्षीय कमानसिंह थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा पाल्पाको बगनासकाली ४ का ३२ वर्षीय योगेन्द्र तिमिल्सेना र स्याङजाको कालिगण्डकी ५ का ४१ वर्षीय गुणाखर भुसाल घाइते भएका छन् ।

यसैगरी रुपन्देहीको तिलोत्तमा ७ भलवारीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२४ प.७५०६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तिलोत्तमा १५ मधवलियाका २७ वर्षीय विकास चौधरी र २० वर्षीय हरि गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैजनाको क्रिमसन अस्पताल पुर्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button