चितवनमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

चितवन । पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स) गोर्खाकी एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोर्खा जिल्ला सरानचोक गाउँपालिका वडा नम्बर ७ की ८४ वर्षीय बृद्धा रहेकी छिन ।
निमोनिया सम्बन्धी समस्या भई कात्तिक २८ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।
ती बृद्धाको कात्तिक २९ गते स्वाब परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार गरिदैं आएको थियो ।







प्रतिक्रिया राख्नुहोस्