तपाईँ सुन्दै हुनुहुन्छः

थप ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि, २८७८ जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप पाँच सय दुई जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप दुई हजार आठ सय ७८ जना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप १७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हाल सम्म एक हजार दुई सय ४७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button