तपाईँ सुन्दै हुनुहुन्छः

सावधानी अपनाएर चाडपर्व मनाउन प्रधानमन्त्रीको आह्‍वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार पर्व तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन रहेको उल्लेख गर्नु भएको छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्रीले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर चाडपर्व मनाउन समेत आह्वान गर्नु भयो । महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अगाडि बढाइरहेको उल्लेख गर्दै प्रधामन्त्रीले सन्देशमा सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button