तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिकस्थल संरक्षणमा जुट्यो नेश्नल अर्गनाइजेसन

बैतडी । ‘हाम्रा धार्मिक स्थान हाम्रो पहिचान’को नारा सहित नेश्नल अर्गनाइजेसन बैतडी धार्मिकस्थल संरक्षणमा जुटेको छ ।

दक्षिण एसियाकै सबैभन्दा ठुलो गुफा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुवनेश्वरमा आज सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित पत्तालभुवनेश्वरमा सरसफाई सम्पन्न गरिएको नेश्नल अर्गनाइजेसन सुर्नयाका अध्यक्ष पुर्णबहादुर बिष्टले बताउनुभयो ।

अर्गनाइजेशनले आज पत्तालभुवनेश्वर गुफाका साथै, तलाउ, मन्दिर प्रांगण तथा बाटोको सरसफाई गरेको छ । यसका साथै पत्तालभुवनेश्वर प्रांगणमा २७ ओटा गमलाहरु समेत राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button