पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले केबलकार, जङ्गल सफारी र सङ्ग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ ।
यसरी खुल्ने केबलकार, जङ्गल सफारी र सङ्ग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
उल्लेखित क्षेत्रहरू सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को कार्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।









प्रतिक्रिया राख्नुहोस्