सिगास गाउँपालिकाले ११ नयाँ भवनहरु निर्माण गर्यो
बैतडी । बैतडीको सिगास गाउँपालिकाले ११ वटा नयाँ भवनहरु निर्माण सम्पन्न गरेको छ ।
गाउँपालिकाको कार्यालय भवन, प्रहरी चौकी तथा ६ वटा वडा कार्यालयका नयाँ भवनहरु निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । यी भवनहरुका साथै कर्मचारीहरुको आवास र अध्यक्ष निवास समेत निर्माण गरिएको छ ।
गाउँपालिकाको भवन डेढ करोड रकमको लागतमा निर्माण गरिएको हो भने, वडा कार्यालयका भवनहरु १०–१० लाख रकमको लागतमा निर्माण गरिएका हुन् । यसैगरि पुरुष कर्मचारी आवासमा ९० लाख, महिला कर्मचारी आवासमा ३५ लाख, अध्यक्ष निवासमा ३२ लाख र प्रहरी चौकी भवन निर्माणमा ३३ लाख रकम खर्च भएको अध्यक्ष धामीले बताउनुभयो ।
भवन निर्माणपछि अहिले आफ्नै सरकारी भवनबाट कार्यालय सञ्चालन गर्दा काम गर्न निकै सजिलो भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकासिंह धामीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्