तपाईँ सुन्दै हुनुहुन्छः

एक्स्काभेटर टायर पट्किँदा एक जनाको मृत्यु

जुम्ला । एक्स्काभेटर टायरमा हावा भर्ने क्रममा टायरको टयूव पट्किँदा जुम्लामा एक जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–२ उल्खे स्थित एक ग्यारेजमा टयूवमा हावा गर्ने क्रममा कनसुन्दरी २ कै वर्ष ५९ का धनराम रावतको मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार टायरमा हावा भर्दै गर्दा अकस्मात् टयूव पट्किएपछि घटनास्थलमै रावतको मृत्यु भएको हो । प्रहरीका अनुसार शवको सनाखत भई सकेको छ । लासलाई पोस्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउँदै गरेको डिएसपी काफ्लेले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button