मल कुर्दै किसान, गहुँ उत्पादन घट्ने चिन्ता
बाँके । धान काटेर गहुँ छर्ने बेलामा बाँकेमा युरिया र डिएपी मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । धानका लागि समेत मल नपाएको किसानहरुले अब गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदको उतपादन पनि राम्रा नहुन भनेर चिन्तित बनेका छन ।
लुम्बिनी प्रदेशमा नै यूरिया र डिएपी मलको अभाव रहेको छ । बाँकेमा ६ हजार मेट्रिक टन यूरिया, ३ हजार मेट्रिक टन डिएपी र १ सय मेट्रिक टन पोटासको माग रहेको छ । प्रत्येक वर्ष मागका बेला मलको अभाव हुने गरेको छ । यस वर्ष कोरोनाका कारण गत वर्ष मलको अभाव चरम रहेको किसानहरु बताउँछन् ।
कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको हो । मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु सम्भावित पसलहरुमा भौंतारिन बाध्य छन् ।
धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन् । गहुँ छर्ने बेला हुँदा पनि मल नपाएपछि ढिलाइ भएको किसानहरु बताउँछन् । डुडुवा गाउँपालिकाका किसान उदयराज यादव भन्नुहुन्छ्, ‘धान पसाउने बेलामा पनि मल पाइएन र अहिले गहुँ छर्ने बेलामा पनि मलको अभाव भएको छ ।’
कृषि सामग्री कम्पनी नेपालगन्जमा गत असारदेखि यूरिया र साउनदेखि डिएपी मलको स्टक शुन्य रहेको छ । कृषकहरुले खेतीका लागि आवश्यक परेका बेला जहिले पनि मलको अभाव व्यहोर्दै आएका छन् । गहुँका लागि सुरुमा डिएपी र त्यसपछि यूरिया मलको आवश्यकता पर्दछ ।
नेपाल सरकारले बंगलादेश सरकारसँग पैंचोको रुपमा लिने भनेको मल नआउने भएको छ । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेशपछि हटेको सरकारी अधिकारीले सञ्चारमाध्यमलाई बताउदै आउनुभएको छ ।
बंगलादेशबाट मल नपाउने भएपछि अहिले सरकारले तेस्रो मुलुकबाट जीटुजी माध्यमले मगाएको मल बिशाखापटनम बन्दरगाह आईपुगेको कृषि सामग्री कम्पनी नेपालगन्जका प्रमुख पौडेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्