तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको राष्ट्रपतीय मतदान रोमाञ्चक मोडमा

वासिङ्गटन डि.सी । नँया राष्ट्रपति चयनका लागी संयुक्त राज्य अमेरिकाका अघिकांश राज्यहरुमा मतदान सकिएको छ भने पूर्वी र दक्षीणी राज्यहरुमा मत गणना सुरु भएको छ ।

अब आलासका र हवाईमा मात्र मतदान समापन हुन बाँकी छ ।

हाल प्राप्त नतिजा अनुसार ५० मध्य ३१ राज्यका प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

प्रारम्भिक नतिजाका अनुसार, डेमोक्राटिक पार्टीमा जो बाइडनले १९२ निर्वाचन क्षेत्रमा अग्रता हासिल गर्नु भएको छ भने ११४ स्थानमा रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि हुनुहन्छ ।

जरजिया, ओहायो, नर्थ क्यारोलाइना, फ्लोरिडा तथा मध्य पश्चिमी केही राज्यहरुलाई जीत हारको नतिजा बदल्न सक्ने महत्वपूर्ण राज्यहरुमको रुपमा विशेष चासोका साथ हेरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button