नापी कार्यालय धनुषाको सेवा सुचारु
जनकपुरधाम । २९ जना कर्मचारीमा कोरोना संक्रमणका कारणले बन्द रहेको धनुषाको नापी कार्यालय आजदेखि सुरक्षा सावधानीसहित सञ्चालनमा आएको छ ।
गत असोज २५ गतेदेखि नापी कार्यालयका कामकाज ठप्प भएका थिए । नापीको कामकाज ठप्प भएपछि सेवाग्राहीहरु मारमा परेका थिए ।
गत असोज २५ गते कार्यालयका प्रमुखलाई कोरोना संक्रमणको पुष्टि भएपछि सवै कर्मचारीहरुको कोरोना परीक्षण गर्दा ४५ जना मध्ये २९ जनामा कोरोनाको पुष्टि हुदा कार्यालयले प्रदान गर्दै आएको सेवाहरु बन्द गरेका थिए ।
प्रयः कर्मचारीहरु संक्रमित भएर आईसोलेशनमा बसेका कारणले सेवा बन्द रहेकोमा दशै विदापछि कार्यालय खुला भएपछि आजदेखि सेवा सञ्चालनमा आएको नापी कार्र्यालय धनुषाले जनाएको छ ।
अन्य कार्यालयमा सेवाग्राही कम भएपनि लामो समयपछि खुलेको नापीमा आज सेवाग्राहीको भिड रहेका थियो ।







प्रतिक्रिया राख्नुहोस्