तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार १ सय ८ जना संक्रमणमुक्त, ८ जनाको मृत्यु

काठमाडौं । आज काठमाडौ उपत्यकामा १ हजार ७ सय २ सहित देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनामा पिसिआर परिक्षण गर्दा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै काठमाडौमा १ हजार ४ सय ३१, भक्तपुरमा एक सय ४८ र ललितपुरमा एक सय २३ सहित काठमाडौ उपत्यकामा एक हजार ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यस्तै आज थप २ हजार १ सय ८ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

यस्तै कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २८ हजार एक सय ९६ जना होम आईसोलसनम र १३ हजार ५ सय ५९ जना संस्थागत आईसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका २ सय ७३ जना आइ.सी.यु र ७८ जनाको भेण्टिलेटरमा राखी उपचार भईरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button