प्रदेश सरकार र महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
विराटनगर । कोभिड संक्रमितको उपचारमा सहज होस भन्ने उदेश्यले युएनडीपीले विभिन्न स्वास्थ्य सामाग्री प्रदेश न १ सरकार तथा विराटनगर महानगरपालिकालाई आज हस्तान्तरण गरेको छ ।
विराटनगरस्थित कोभिड अस्पताल परिसरमा आज एक कार्यक्रम गरी युनएनडीपीले पिसिआर टेष्टमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्नसन मेशिन, भेन्टीलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
प्रदेश १ का समाजिक विकासमंत्री जिवन घिमिरे तथा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीलाई युएनडिपीका प्रदेश १ र प्रदेश २ का कार्यालय प्रमुख धनवहादुर चन्दले उक्त सामाग्री हस्तान्तरण गर्नुभयो ।
७५ लाख मुल्य वरावरका तीन स्वास्थ्य उपकण प्रदेश ल्याप तथा कोभिड अस्पताल र विराटनगरको वैधनाथपुरमा रहेको आइसोलेसन केन्द्रमा प्रयोगमा ल्याउने जनाइएको छ ।
अहिले कोभिड अस्पताल विराटनगरमा पाचवटा भ्यान्टिलेटर संचालनमा छन ।







प्रतिक्रिया राख्नुहोस्