तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका १५ जना र बाराका सात जना गरी २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराति पर्साको बिभिन्न स्थानबाट संकलन गरी ल्याइएको एक सय ९२ जनाको स्वाब परिक्षण गर्दा पर्साका १५ जना र बाराका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्सामा एक सय ५० जनाको स्वाब परीक्षण गरिएकोमा कालिकामाई गाउँपालिका वडा नम्बर १ मा दुई जना, २ मा एक जनामा सङक्रमण पुष्टि भएको छ भने बीरगंज महानगरपालिकाको वडा नम्बर १४, १५ ,र ८ मा दुई÷दुई जना, वडा नम्बर १३ र १ मा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. चौरसियाले बताउनुभयो ।

त्यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर ८ मा दुई जना, वडा नम्बर ५ मा एक जना र छिपहरमाई गाउपालिका वडा नम्बर ३ मा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

त्यसैगरी बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा दुई÷दुई जना र वडा नम्बर १, २, १६ मा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

सङ्क्रमित मध्ये पाँच महिला र १७ पुरुष रहेका छन् । ९ बर्षदेखि ५४ बर्षसम्मका सङ्क्रमितहरुको सिटि भ्यालु ३ देखि ३४ सम्म रहेको डा.चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button