तपाईँ सुन्दै हुनुहुन्छः

सुन जस्तै पहेँलो धातु देखाइ ठगी गर्ने गिरोहका दुई जना पक्राउ

सिन्धुपाल्चोक । सुन जस्तो पहेँलो धातु देखाइ ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीका आधारमा सुनकोसी गाउँपालिका–७ स्थित स्वाँराबाट आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–२ कर्थलीका उमेश तामाङ र अर्जुन तामाङ रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले बताउनुभयो ।

प्रदेश ३–०२–००१ प–७४२४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ‘गोल्ड १ केजी’ लेखिएको पहेलो धातु समेत बरामद गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button