कोरोना भाइरसको सङ्क्रमणका कारण थप १९ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या पाँच सय ५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ५ जना महिला र १४ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा पर्साकी ६५ बर्षीया महिला, काठमाडौँकी ७६, ८१, ८३ बर्षीया महिला र गोरखाकी ४५ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ५५ बर्षीय पुरुष , सर्लाहीका ४२, ६९ बर्षीय पुरुष , काठमाडौँका २६, ६५, ६७, ७८, ८१, ९१ बर्षीय पुरुष , ललितपुरका ३ बर्षीय बालक ५५, ७१ बर्षीय पुरुष, चितवनका ६२ बर्षीय पुरुष र नवलपरासीका ३६ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्