तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका गाँउमा एक घर एक धारा अभियान

बझाङ । शहर बजारमा देखिने एक घर एक धारा अहिले गाँउघरमा पनि बनाउन थालेका छन् । सामुदायिक धाराको प्रचलन रहेको बझाङका गाँउ घरमा अहिले एक घर एक धारा बनाउने अभियानको सुरुवात गरिएको छ ।

स्थानीय तहका साथै जिल्लामा कार्यरत ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाबाट निर्माण गरिएका योजनाहरुमा एक घर एक धारा निर्माण अभियान भइरहेका छन् ।

जिल्लाको तल्कोट गाँउपालिकाको बडिगाँउ, छविसपाथीभेरा गाँउपालिकाको पाटागाँउ, गुरेलथुम साथै थलारा गाँउपालिकाको सडिल सेरालागाँउमा अहिले सबै घरमा एक घर एक धारा निर्माण गरिएको छ ।

पहिले गाँउमा भएका एक दुई वटा धारामा सबै जनाले पानी थाप्नु पर्ने हुँदा पानी भर्न समस्या हुने गर्दथ्यो । थलारा सडिलकी कन्तरी सार्कीले भनिन् अहिले घर घरमा धारा भएपछि धेरै सुविधा भएको छ ।

गत वर्ष र यो वर्ष गरी जिल्लामा छ हजार घरमा एक घर एक धारा जडान गरिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका ईन्जिनियर लोकन्द्र ओलीले वताए । क्रमिक रुपमा जिल्लाका सबैै घरधुरीमा एक घर एक धारा बनाउने योजना रहेको उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button