कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु

सुनसरी । कोरोना संक्रमणका कारण आइतबार थप एक जनाको मृत्यु भएको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुष विराटनगर महानगरपालिका–९ का बासिन्दा हुन् ।
कोरोना संक्रमण देखिएपछि विराट मेडिकल कलेजमा उपचाररत संक्रमितलाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि शनिबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रेफर गरेको थियो ।
उपचारका क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार मधुमेहका बिरामी मृतक पुरुषमा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्