प्रजिअ रेग्मीबाट भेरी–बबई डाइभर्सनको अनुगमन

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन गर्नु भएको छ ।
प्रजिअ रेग्मीले विहीबार आयोजनाको ड्याम साइट (हेडवक्र्स) चिप्लेमा शान्ति सुरक्षाको अवस्थासँगै निर्माण कार्य प्रगतिको अवस्था बुझ्न अनुगमनमा गर्नु भएको हो ।
उहाँले निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन÷रमन जेभीका प्रतिनिधिलाई राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा सम्पन्न गराउन तर्फ कुनै कसर बाँकी नराखेर निर्वाधरुपमा कार्य अगाडि बढाउन सुझाव दिनुभयो ।
‘आयोजना निर्माणमा कुनैपनि बाधा अड्चन नआउने गरि निर्माण कार्यलाई तीव्रता दिनुहोस्,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजना भएकाले सुर्खेतको मात्र नभई देशकै महत्व राख्ने भएकाले गुणस्तरीयतासहित तोकिएकै समयमा काम सम्पन्न गनुहोस् ।’
उहाँले हालै स्थानीय जग्गाधनीले निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन÷रमन जेभीसँग गरेको विवाद तथा समाधान बारेमा समेत चाँसो राख्नु भएकोछ । अघिल्लो सात स्थानीयले ५२ रोपनी जग्गा पाँच वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनीलाई दिएबापत परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग राख्दै आयोजनाको ड्याम साइट ( हेडवक्र्स) को काम तीन दिनसम्म अवरोध गरेका थिए ।
दुबै पक्षको छलफलपछि निर्माण ठेकेदार कम्पनीले केही स्थानीयलाई रोजगारी उपलब्ध गराएपछि आन्दोलन साम्य भएको थियो । अनुगमनमा पुग्नु भएका प्रजिअ रेग्मीलाई आयोजना निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन÷रमन जेभीका जनसम्पर्क अधिकारी पिताम्बर सापकोटाले आयोजना निर्माण कार्य सम्पन्न नहुन्जेलसमका लागि एउटा सुरक्षा पोष्ट नै आयोजना स्थल चिप्लेमा राखिदिन आग्रह गर्नुभयो ।

उहाँले शान्ति सुरक्षाको सुनिश्चितता भएपछि आयोजनाको काम निर्वाधरुपले अगाडि बढाउन सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।
अनुगमनमा प्रजिअ रेग्मीसहित सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रदेव भट्ट, सशस्त्र प्रहरीका उपरीक्षक (एसपी ) हर्कबहादुर विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत एवं प्रशासकीय अधिकृत शम्सेर रानालगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्