तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्कर्जाका लागि आवेदन दिने समय १५ दिन थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समय १५ दिन थप गरेको छ । पुर्नकर्जा कार्यविधि तयार पारेपछि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको थियो ।

प्रस्ताव बुझाउने म्याद असोज १४ गतेसम्म रहेकोमा अहिलेको परिस्थितिलाई ध्यान राखेर असोज महिनाभर आवेदन दिने ब्यवस्था गरेको नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारीदिनु भयो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा पुनर्कर्जा उपलब्ध गराउँछ । राष्ट्र बैंकले एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि प्रस्ताव आह्वान गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button