भालुको आक्रमणबाट ८० वर्षीय वृद्धा घाइते
सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । सोलुदूधकुण्ड नगरपालिका–६ खोरियाकी ८० वर्षीया वृद्धा बिमाया नेवार भालुको आक्रमणवाट गम्भीर घाइते हुनुभएको छ ।
उहाँलाई बाटोमा नै भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले उहाँको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्