तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टा नाकाबाट प्याजको आयात एक सातादेखि शुन्य

झापा । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै पूूर्वी काँकरभिट्टा नाकाबाट प्याजको आयात एकसातादेखि शुन्य छ ।

भारतमा हरेक वर्ष भदौ र असोज महिनामा प्याजको अभाव हुने गरेको छ । भारतले यस वर्ष पनि प्याजको निर्यातमा रोक लगाएको छ ।

भारतको प्याज निर्यात प्रतिबन्धसँगै नेपाल आयात हुने प्याज केही सातादेखि शुन्य रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका प्राविधिक सहायक चन्देश्वर ठाकुरका अनुसार शुरु शुरुमा दैनिक १ देखि ३ वटा प्याज बोकेका गाडी आउने भएपनि एक सातासम्म एक गाडी पनि प्याज आयात भएको छैन् ।

गत आर्थिक वर्ष २०७६–७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको थियो ।

भारत वाणिज्य तथा उद्योग मन्त्रालयले भदौ २९ मा निर्यात नीतिमा संशोधन गर्दै तत्काल लागू हुने गरी सबै खाले प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि चाडपर्वका बखत प्याजको अभाव तथा भाउ बढ्ने व्यवसायीहरु बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button