सङ्क्रमितले आफैं सफा गरे अस्पताल
रुपन्देही । बुटवलको रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा जंगली जनावरको जोखिम बढेपछि संक्रमित आफैले झाडी सफा गरेका छन ।
बुटवल उपमहानगरपालिकाको अगुवाईमा गएको वर्ष चैत १० गतेबाट संचालनमा आएको उक्त आइसोलेसन अस्पताल परिसरमा निर्माण गरिएदेखि नै सरसफाई नहँुदा जंगली जनावरहरुको बिगबिगी भएको थियो ।
अस्पतालजन्य फोहोर र अस्पतालको शौचालय समेत रहेकोले बँदेल, हरिण, घोरल मृग लगायतका जंगली जनावरहरुको बिगबिगी बढेकोले आफैले सरसफाई गर्नुपरेको आइसोलेसनमा बस्दै आएका बुटवल ५ का यादव गैरेले बताउनुभयो ।
शौचालय र अस्पतालबाट निस्कने फोहर फाल्ने ठाउँ आइसोलेसन अगाडि नै जंगली जनावर आउने भएकाले झाडी सफा गरिएको गैरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्