तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो

 पर्वत । पहिरोका कारण बिगत तीन देखि अबरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड एकतर्फी रुपमा खुलेको छ । सडकमा खसेको पहिरो पन्छाएपछि आज दिउँसो १२ बजेबाट सडक एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

शनिवार खसेको पहिरो आज बिहानभर एक्साभेटर लगाएर खुलाईएको अधिकारीले बताउनुभयो । पर्वतको कुश्मा नगरपालिका १ सहस्राधारामा गएको पहिरो निरन्तरको वर्षा र निरन्तर झरिरहने पहिरोले पन्छाउन समस्या भएको थियो । आज बिहान बाट मौसम सुधार भएपछि पहिरो पन्छाउन संभव भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ जिल्लाको यातायात सेवा ठप्प भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button