लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा शुरु
रुपन्देही । स्वास्थ्य सुरक्षा अपनाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि परीक्षा सुरु गरेको छ ।
एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइएको र विद्यार्थीले मागेकै स्थानमा परीक्षा केन्द्र तोकिएको विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले बताउनुभयो ।
यसअघि कोरोनाकै कारण दुई पटकसम्म उक्त परीक्षा स्थगित गरिएको र संक्रमण अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन परीक्षा सञ्चालन गरिएको आचार्यले बताउनुभयोे ।
धेरै विद्यार्थी भएका विषयमा केन्द्रमार्फत र कम विद्यार्थी भएकालाई अनलाइन मार्फत परीक्षा लिइएको छ ।
परीक्षार्थीलाई विश्वविद्यालयबाटै हरेक दिन मास्क, पन्जा र स्यानिटाइजर उपलब्ध गराइने छ ।
परीक्षाका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्लामा परीक्षा केन्द्र तोकिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्