घट्यो सुनको मूल्य, कतिमा भयो कारोबार ?

काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्