अछाममा आठ सय ८५ जना काेराेना संक्रमित घर फर्के
अछाम- अछाममा हालसम्म आठ सय ८५ जना काेराेना संक्रमित निकाे भई घर फर्केका छन् । जिल्लामा काेराेना संक्रमण पुष्टि भएका नाै सय ११ जनामध्ये आठ सय ८५ जना बिरामी निकाे भई घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयो ।
जिल्लामा अब सक्रिय काेराेना संक्रमितकाे संख्या २६ जना मात्रै रहेको छ । जिल्लामा सात हजार पाँच सय २० जनाकाे पीसीआर स्वाब संकलन गरिएकोमा ६ हजार ३ सय ६७ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
संक्रमण पुष्टि भएका नाै सय ११ जनामध्ये सात सय १४ जना पुरुष र एक सय ९७ जना महिला रहेका सूचना अधिकारी जाेशीले जानकारी दिनुभयो । काेराेना भाईरसका कारण अछामका ३ जनाकाे ज्यान गैसकेकाे छ ।








प्रतिक्रिया राख्नुहोस्