सुनसरीमा ९७ प्रहरी कोरोना संक्रमित, अनलाईनबाट सेवा प्रवाह

सुनसरी । सुनसरीमा ९७ नेपाल प्रहरीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि टेलिफोन र अनलाइनबाट पनि प्रहरीले सेवा प्रवाह गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
कार्यस्थलमा खटिएका प्रहरीलाई नै कोरोनाको सङ्क्रमण भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवाहरू प्रवाहहरू रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीको हिरासतमा रहेको अभियुक्त तथा र चमेना गृहका सञ्चालन गरीरहेका व्यक्तिमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि गम्भीर प्रकृति मुद्दा बाहेकका सेवा रोकिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिनुभयो ।
थापाले भन्नुभयो समाजमा आघात पुग्ने गम्भिर प्रकृतिका केसहरू लिन्छौ तर सामान्य झैँ–झगडा तथा छलफलबाटै समाधान हुनसक्ने केसहरू लिएर कार्यालयमा आवतजावत नगर्न समेत थापाले अनुरोध गर्नुभयो ।
टेलिफोन र अनलाइनबाट पनि प्रहरीले सेवा प्रवाह गरिरहेकाले आवश्यक सेवा त्यहीबाट पनि लिन सकिने भएकाले सकेसम्म कार्यालयमा नआउन आग्रह गर्नुभयो । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र अन्य सुरक्षाकर्मीको पीसीआर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण भएर हाल प्रहरीहरू आइसोलेसनमा रहेका छन् । हालसम्म सुनसरीमा ९७ जना प्रहरीहरूलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्