उपत्यकामा थप चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप चार सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा काठमाडौँमा तीन सय ८६ जना, ललितपुरमा ३२ जना र भक्तपुरमा ३६ जना गरी आज उपत्यका चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी आज देशभर चार सय ६४ जना महिला र आठ सय ९५ जना पुरुष गरी एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।







प्रतिक्रिया राख्नुहोस्