बाँकेमा थप ३७ जनामा कोरोना संक्रमण

नेपालगन्ज । बाँकेमा आज ३७ जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका २१ जना, डुडुवा गाउँपालिकाका ५ जना, राष्ट्रिय बाणिज्य बैंकका ५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालय बाँकेका ४ जना र कोहलपुर नगरपालिकाकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । हालसम्म ८ सय ३ जना निको हुँदा ६ जनाको भने मृत्युु भइसकेको छ । भेरीमै गरिएको परिक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना पुष्टि भएको छ । ४ सय २१ स्वाब परिक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो ।







प्रतिक्रिया राख्नुहोस्