मुस्लिम युवा समाजद्वारा रक्तदान कार्यक्रमको आयोजना

मकवानपुर – मुस्लिम युवा समाज मकवानपुरद्वारा आयोजित रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । शुक्रवार बिहान रक्तसञ्चार केन्द्र, हेटौंडा शाखामै आयोजित रक्तदान कार्यक्रममा चार महिलासहित ६७ जनाले रक्तदान गरेका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बल्ड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कोरोना भाइरस सङ्क्रमणको कारण अहिले रक्तदान अभाव भइरहेको अवस्थालाई ध्यान दिँदै रक्तदान कार्यक्रम आयोजना गरेकोमा प्रमुख खुलालले धन्यवाद दिनुभएको छ । उहाँले बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदातालाई रगत दान गर्न आव्हान समेत गर्नुभएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत सङ्कलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौँडामै सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कोरोनाका कारण रगत सङ्कलन हुन नसक्दा अहिले देशै भरी रगतको अभाव छ ।
मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको मुस्लिम युवा समाजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिनुभयो ।

मोहमद सफिक मियाकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासङ्घका अध्यक्ष धरम लामा, युवा सङ्घ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइइटी मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजी प्रसाद खतिवडालगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्