दाङमा लकडाउन गर्ने तयारी
तुलसीपुर । दाङमा कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनको तयारी गरिएको छ । शनिबार जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बस्ने बैठकले यसको टुङ्गो लगाउने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । संक्रमण बढ्दै गएकाले लकडाउनको विकल्प नभएको रिजालले बताउनुभयो ।
उहाँका अनुसार दाङमा अहिलेसम्म ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएकोमा ८८ जनाको विभिन्न आइसोलेशनमा उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएका छन् ।
‘आजको रिपोर्ट कस्तो आउँछ त्यो पनि हेर्छौ । अहिले कोरोनाको विश्लेषण गरिरहेका छौ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो– ‘ करिब करिब तयारीमा पनि छौ । शनिबार बैठक पनि बस्दै छ । त्यसपछि हामी लकडाउन गछौं ।’








प्रतिक्रिया राख्नुहोस्