दोलखा भीमेश्वर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि

दोलखा । दोलखा जिल्लामा ६ जना कोरोना संक्रमित थपिएका छन् । शनिवार दोलखा भीमेश्वर नगरपालिकाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एनजिओकर्मी गरी ६ जनामा कोरोनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
गत भदौ २ गते स्वाव सङ्कलन गरी धुलिखेल अस्पताल पठाईएकोमा शनिवार भीमेश्वर नगरपालिकाका ६२ जनाको रिर्पोट आएको र त्यसमा तीन महिला तीन पुरुष गरी ६ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो ।
भदौ २ गते दोलखाको भीमेश्वर नगरपालिकाका ६२ जना, गौरीशङ्कर गाँउपालिकाका एक सय ७६ जना र विगु गाँउपालिकाका ६५ जनाको स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएकोमा शुक्रवार गौरीशङ्कर गाँउपालिकाका एक सय ४१ जनाको रिर्पोट आएको थियो । शुक्रवार आएको रिर्पोटमा एक वालिका सहित चार जना (दुई महिला, दुई पुरुष) को रिर्पोट पोजेटिभ आएको थियो ।
शनिवार भीमेश्वर नगरपालिका वडा नम्बर ३ को सुरक्षाकर्मी र एनजिओकर्मी गरी पाँच जना तथा वडा नम्बर २ को स्वास्थ्यकर्मी एक जना गरी ६ जनाको रिर्पोट नेगेटिभ आएको सवास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
अब दोलखा जिल्लाबाट स्वाव सङ्कलन गरी पठाईएकोमा विगु गाँउपालिकाको ६५ जना र गौरीशङकर गाँउपालिकाको ३५ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो । दोलखा जिल्लामा अहिलेसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा गौरीशङ्कर गाँउपालिकाको १३ जना, भीमेश्वर नगरपालिकाको ७ जना र कालिञ्चोक गाँउपालिकाको १ जना रहेको र उनीहरु मध्य चार जना ठिक भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्