हप्ता दिनमै थपिए सयबढी कोरोना संक्रमित

बाँके । बाँकेमा तीन साता अघिसम्म १२ जनाको संख्यामा रहको कोरोना संक्रमितको संख्यामा बृद्धि भएर १ सय २ मा पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेले असार ३१ गते जारी गरेको कोरोना चार्टका अनुसार १२ सेना संक्रमित रहेकोमा साउन २३ गतेसम्म आईपुग्दा बढेर १ सय २ पुगेको हो ।
अहिले बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुनकोे संख्या ५ सय नाघ्दा कोरोना संक्रमणलाई जितेर घर फर्कने करिब ४ सय पुगेका छन भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेका ४ सय ९८ जना र अन्य जिल्ला घर भइ बाँकेमा कार्यरत ४ जनासहित संक्रमित हुनेको संख्या ५ सय २ पुगेको हो ।
बाँकेमा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । ३ सय ९८ जना कोरोना मुक्त भइ घर गएका छन् । विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका ४ गरी १ सय २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितको संख्या अप्रत्यशित रुपले बृद्धि हुन थालेपछि बाँकेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्