तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको लापरबाहीको विरोधमा लेबनानमा प्रदर्शन जारी

काठमाडौँ । लेबनानको राजधानी बेरुतमा १ सय ५७ जनाको ज्यान जाने गरी भएको विस्फोटन पछि सरकारको राजीनामाको माग राख्दै हजारौको संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रेका छन् ।

प्रदर्शनकारीहरुले सवारी साधनमा आगजनी गर्नुका साथै पसलहरूमा लुटपाट मच्चाएको र सुरक्षाकर्मी माथि ढुङ्गा मुढा प्रहार गरेको लेबनानको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

प्रतिउत्तरमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँस प्रहार गरेपछि स्थिति हिंस्रक भएको समाचार समितिले जनाएको छ । उक्त प्रदर्शनमा धेरै प्रदर्शनकारी घाइते भएका बताइएको छ ।

यसैबिच लेबनानका अधिकारीहरूले विस्फोटन सम्बन्धमा १६ जनालाई हिरासतमा लिई अनुसन्धान सुरु गरेका छन् ।
त्यसै गरी विस्फोटन पछिको बेरुतको अनुगमनको क्रममा फ्रान्सेली राष्ट्रपति ईमानुयल माक्रोनले नेताहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरे लेबनानको अवस्था थप बिग्रँदै जाने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button