तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट लिग दुईका लागि आइसीसीको पत्राचार

आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तगर्त नेपाल, नामिविया र स्कटल्याण्डको सिरीजका लागि आइसीसीले सबै देशलाई उपयुक्त समयका लागि पत्राचार गरेको छ । जसमा यो सिरीजका लागि तीन वटै देशसँग उपयुक्त समयका लागि अन्तिम छलफल गरेपछि सिरीजको मिती फाइनल हुने भएको छ ।

आइसीसीले नामिबिया, स्कटल्याण्ड र नेपाल क्रिकेट संघलाई यसअघि कोरोना भाइरसका कारण स्थगित भएको यो सिरीजलाई नामिवियामा नै गर्ने योजना आइसीसीका रहेको छ ।

क्यानसँग आइसीसीले मागेको जवाफमा क्वारेन्टिनको समस्या नभएमा र अन्तराष्ट्रिय उडान खुलेमा प्रतियोगितामा भाग लिने जवाफ पठाएको छ । यो विषयमा थप छलफल हुने आइसीसीले बताएको थियो ।

नेपाल, स्कटल्याण्ड र नामिविया विचको सिरीज अप्रिलमा हुने तालिका थियो । तर कोरोनाका कारण यो प्रतियोगिता सरेको हो । यस्तै नेपालले पीएनजी र स्कटल्याण्डमा खेल्ने सिरीज पनि स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button