तपाईँ सुन्दै हुनुहुन्छः

यातायात कार्यालय बाँकेमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज  । बाँकेमा यातायात कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कम्प्युटर अपरेटरका रूपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा चार सय चार जनामा कोरोना पुष्टि भएको छ । यसअघि हिजो आन्तरिक राजश्व कार्यालयमा कार्यरत एक अधिकृतमा कोरोना देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button