तपाईँ सुन्दै हुनुहुन्छः

कटान र डुवानबाट प्रभावित जनतालाई तत्काल राहात : मन्त्री पोखरेल

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको रातुखोलाको बाढीले कटान र डुवानबाट प्रभावित जनताले तत्काल सुरक्षित महशुस हुने हुनेगरि राहत तथा उद्धारका काम हुने बताउनु भएको छ ।

जिल्लाको भंगहा नगरपालिका–४ पलारमा शनिबार रातु नदीको बाढीले कटान प्रभावित क्षेत्रको अवलोकन गर्दै मन्त्री पोखरेलले तत्काल नदीको धार बस्तीतिर नआउने व्यवस्था गरिने बताउनु भएको हो ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जनताको तटबन्ध कार्यालय र सिंचाई डिभिजन कार्यालय महोत्तरीका प्रमुखसहित बाढी कटान बस्तीमा पुग्नु भएका मन्त्री पोखरेलले नदीको धार व्यवस्थित गर्न र कटान प्रभावितलाई तत्काल राहत पु¥याउन निर्देशन दिनुभयो ।

“जनताले आपद् विपदमा नै सरकार खोज्ने हो” प्रमुख जिल्ला अधिकारीसहित अन्य कार्यालय प्रमुखलाई निर्देशन दिदै मन्त्री पोखरेलले भन्नुभयो, “तत्काल राहत उद्धारको काम अगाडि बढाई हाल्नु प¥यो ।”
बस्तीको अनुगमन निरीक्षणका क्रममा तटबन्धका दिर्घकालीन महत्वका योजनाबारे उपल्लोतहमा पहल गरिने र अहिले तत्काल राहतका लागि काम गरिने मन्त्री पोखरेलले बताउनुभयो ।

दलित बसोबास बाहुल्यताको पलारमा यसपटक असार अन्तिम साता र साउन पहिलो साताको मुसलधार वर्षासँगैको नदीको बाढी बस्तीमा पसेपछि यहाँका बासिन्दा बिच्चलीमा परेका थिए ।

बस्तीमा ४० घर बाँतर र केही थारु परिवारको बसोबास छ । अत्यन्त गरिब र अवसरबाट पछि पर्दै आएका बाँतर यहाँका आदिवासी दलित हुन् ।

जिल्लामा यसपटक अहिलेसम्म कटानबाट भन्दा डुवानबाट बढी जनसङ्ख्या प्रभावित भएको छ भने साउन पहिलो साता बाढीले बगाएर भङ्गाहा–६ कै एक जनाको गतमंगलबार मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button