तपाईँ सुन्दै हुनुहुन्छः

साउन तेस्रो सातादेखि ब्याडमिन्टन क्याम्प सञ्चालन हुने

काठमाडौं । माइसको व्यवस्थापन र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा साउन तेस्रो सातादेखि ब्याडमिन्टन क्याम्प सञ्चालन हुने भएको छ ।

देवीनगर ब्याडमिन्टन क्लब बानेश्वरको कोर्टमा क्याम्प १५ देखि २९ साउनसम्म सञ्चालन हुने काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टनका अन्तराष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराउनुभयो ।

क्याम्पमा ३२ जनालाई दिनको चार सिफ्टमा एक सिफ्टमा ८ जना रहने गरी दैनिक एक घन्टा प्रशिक्षण दिइनेछ । उमेर समूह नतोकिएका कारण इच्छा भएका जुनै उमेर समूहकाहरु क्याम्पमा प्रशिक्षणमा आउन सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button