स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि पीपीइ सेट वितरण
बैतडी । बैतडीमा कोरोना भाईरसको महामारीका समयमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि पीपीइ सेट वितरण गरिएको छ ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले पठाएको पीपीइ सेट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले आज जिल्ला प्रशासनमै पुगेर पीपीइ सेट हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रहरीका लागि ५ सेट, सशस्त्र प्रहरीका लागि ५ सेट, दशरथचन्द नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि ५ सेट र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुका लागि ५ सेट पीपीइ हस्तान्तरण गरिएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्