सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

मेलम्ची । सिन्धुपाल्चोकमा थप १२ जनामा कोरोना सङ्क्रमण भएको छ । ११ महिनाको शिशुसहित पाँच महिला र सात पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले जानकारी दिनुभयो ।
उनीहरूमध्ये पाँच पोखरी थाङपालधाप गाउँपालिकाका ११ जना, इन्द्रावतीका एक जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरू एक जना कतारबाट, एक जना साउदीबाट र १० जना भारतबाट आएका हुन् ।
योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्