चमेलिया नदीमा बृद्धा मृत अवस्थामा भेटिइन्

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ स्थित चमेलिया नदीमा आज एक बृद्धा मृत अवस्थामा भेटिएकी छन् । मृत भेटिनेमा दार्चुलाको लेकम गाउँपालिका १ बित्थडकी ७२ बर्षीया झिमा कार्की रहेकी बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सोमबार घरबाट एक्कासी बेपत्ता भएकी बृद्धा मंगलबार मध्यान्ह १२ बजे चौलानी नदीमा मृत फेला परेकी प्रहरीले जनाएको छ । नदीबाट बालुवा निकालिरहेका स्थानीय बासिन्दाले बृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बृद्धा कुष्ठरोगी रहेको र नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । प्रहरी प्रमुख अधिकारीको टोली घटनास्थलर्फ गएको छ । घटनाको थप बिवरण आउन बाकी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्