विद्यार्थी सङ्ख्या कम भएका सामुदायिक विद्यालय मर्ज गर्ने अभियान
मेलम्ची । स्थानीय सरकारले विद्यार्थी सङ्ख्या कम भएका सामुदायिक विद्यालय मर्ज गर्ने अभियान थालेका छन् ।
अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको छ भने केही विद्यालयमा भने विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी कम छ । विद्यालयहरूमा विद्यार्थी सङ्ख्या न्यून भएपछि विद्यालय मर्जको अभियान सुरु गरेका हुन् ।
लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी सङ्ख्या अति न्यून रहेका सामुदायिक विद्यालयहरूलाई नगरपालिका तथा गाउँपालिकाहरूले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।
यस्तै मेलम्ची नगरपालिकाले विद्यालयहरु मर्ज तथा घटुवा गरेको छ । शिक्षा शाखाका प्रमुख रविप्रसाद शर्माका अनुसार सिद्धि गणेश आ.बिमा रहेको ईसिडि देखि ३ सम्मलाई सेतीकादेवि मा.बिमा समायोजन गरिएको छ ।
त्यस्तै जलेश्वरी आ.विको १ देखि ५ मध्य ४ र ५ लाई सरस्वती मा.बिमा ,मनकामना आ.विको ईसिडि देखि ३ सम्मलाई जाल्पादेवि मा.बिमा ,कालिकादेवी आ.बिमा रहेको ईसिडि देखि ८ मध्य ६र ८लाई हैबुङमहादेबस्थानमा , महादेव स्थान आ.विको १ र ३ लाई कालिकादेवी आ.वि भिमसेनस्थानमा ,पञ्चकन्या आ.बिमा रहेको ईसिडि देखि ८ मध्य ६ र ८ लाई तेर्से मा.बिमा , ज्योति भन्ज्याङ आ.विको ईसिडि देखि ८ मध्य ६ र ८ लाई श्री बाल सुधार मा.बिमा , तिन कन्या आ.विको १ देखि ३ लाई गोल्मेश्वरी आ.बिमा , रक्तकालिको ईसिडि देखि ५ लाई गोल्मेश्वरी आ.बिमा समायोजन गरिएको छ ।
त्यस्तै खडिकादेवि आ.विको ईसिडि देखि ३ लाई शीतलादेवि मा.बिमा , हिरादेवी आ.विको ईसिडि देखि ८ मध्य ६ र ८ लाई शीतलादेवि मा.बिमा , क्षेत्रपालेश्वरी आ.बिमा रहेको ईसिडि देखि ५ मध्य ४ र ५ लाई भुमेस्थान आ.बिमा , जागेश्वरी आ.विको १ देखि ३ लाई पचंकन्या आ.बिमा , लालिगुँरास आ.बिमा रहेको १ देखि ३ लाई महाकाली मा.बिमा र श्री सिद्धि गणेश आ.बिमा रहेको १ देखि ३ लाई जालपादेवि मा.बिमा समायोजन गरिएको शर्माले जानकारी दिनुभयो ।
स्थानीय तहले विद्यालय मर्ज गरिरहेको तर यकिन तथ्याकं नभएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्