तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७१ पुग्यो

सल्यान । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ७१ पुगेको छ ।मङ्गलवार २० जनामा कोरोना पुष्टि भएसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६ सय ७१ पुगेको हो ।

प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा २० जना थपिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

आज थप भएका सङ्क्रमितहरूमा सल्यान बन्गाड कुपिण्डे नगरपालिका वडा न ३ का २४, २५, २६ वर्षका पुरुष, वडा न ४ का १७, २०, २०, २५, २६, २८ र ३० वर्षका पुरुष, वडा न ५ का १८ र वडा न ८ का १८ वर्षका पुरुष रहेका छन् ।

यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का २, २२ वर्षका पुरुष र १९ वर्षिया महिला, गुर्भाकोट नगरपालिका १४ का ५० वर्षीय पुरुष रहेका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा गरिएको परीक्षणमा जुम्ला हिमा गाउँपालिका–४ का ३५ र तिला गाउँपालिका २ का २८ वर्षिया महिला रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यान कपुर कोट गाउँपालिका ६ का २९ वर्षीय पुरुष र सुर्खेत सिम्ला गाउँपालिका–६ का २४ वषिय पुरुष रहेका छन् ।

सल्यानका ती युवाको २१ गते सङ्क्रमण पुष्टि भएको थियो र सुर्खेतका २३ गते पुष्टि भएको थियो ।

हालसम्म कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको सङ्ख्या ११ रहेको छ भने सङ्क्रमण पुष्टि भएका मध्ये तीन जनाको मृत्यु भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button