जेसीबी जलाएको आरोपमा २ जना पक्राउ
तुलसीपुर । जेसीबीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ४ बस्ने ४७ बर्षिय लोकमणि आचार्य र वडा नम्वर १९ बस्ने ३९ बर्षका कृष्ण थापा रहेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
नदीजन्य पर्दाथ उत्खनन् गर्ने क्रममा शनिबार राती माथिल्लो हलबार ग्बारखोलामा पार्किङ गरी राखीएको अनटेष्ट जेसीबी माथी आगजनी भएको थियो ।
दुर्गा कन्ट्रक्सनका सञ्चालक कृष्ण खड्काले दिएको निवदेनका आधारमा पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता राजकुमार वैदबारले जानकारी दिनुभयो ।
आगजनीबाट जेसीबी पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्