तपाईँ सुन्दै हुनुहुन्छः

धरानमा लागु औषध सहित तीन पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका १३ बाट प्रतिवन्धीत लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १३ की २६ वर्षिया समिया लिम्बु, धरान १३ कै २९ बर्षिय मन्दिप मगर र धरान १५ का ४३ बर्षिय घनश्याम राईलाई ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट नाईट्रोजन तथा ८३ हजार नगद सहित शनिबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक डुण्डीराज न्यौपानेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button