तपाईँ सुन्दै हुनुहुन्छः

सोमबार रातिदेखि सम्पर्कविहीन प्रहरी मृत्त फेला

सुर्खेत। पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृत्तावस्थामा फेला परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्कविहीन थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा फेला परेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताउनुभयो । प्रहरी जवान खड्का सुर्खेतकै रानीबासनिवासी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button