मृग मार्ने दुई जना पक्राउ
राजविराज । लकडाउनमा डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि शिकारी र तस्करहरु पक्राउ पर्न थालेका छन् ।
बुधबार राति सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोलाको रतुवा मृग मारेका २ जनालाई मृगसहित पक्राउ गरिएको छ ।
गस्तीमा रहेका सशस्त्र वन रक्षकले गोलीको आवाज सुनेपछि त्यस क्षेत्रमा जाँदा मृत मृग लिएर जाँदै गरेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले जानकारी दिनभयो । मृगलाई ३ वटा गोली लागेको छ । मृगलाई गोली हान्ने समूहमा अझै केही हतियारधारी व्यक्तिहरु रहेको र उनीहरु भागेको झाले बताउनु भयो ।
मृगसहित पक्राउ गरिएका दुईजना उदयपुरको भुल्के र जोगीदह क्षेत्रका बासिन्दा हुन् । भुल्के कोरोना संक्रमणको हट स्पट हो । पक्राउ गरिएका दुवै जनालाई डिभिजन वन कार्यालय अन्तरगतको महुली सव डिभिजनमा राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्