तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपले भारत लैजान लागेको छोकडा बरामद

वीरगञ्ज । लकडाउनको समयमा सुरक्षाकर्मीको आखा छली मेनरोडबाटै भारत तर्फ लैजान लागेको अवस्थामा नेपाल भारत सिमा क्षेत्रको शंकरचार्य गेटबाट प्रहरीले एक ट्रक छोकडा बरामद गरेको छ ।

परवानीपुरमा लोड भई भारत लैजान लागेको अवस्थामा ना ५ ख ९८५९ नम्बरको ट्रकमा रहेको ५ सय बोरा छोकडा इनर्वा प्रहरी चौकी वीरगञ्जका प्रहरी नायव निरिक्षक बैद्यनाथ दासको कमाण्डमा खटिएको टोलीले बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

बरामद गरिएको छोकडाको मुल्य २५ लाख भन्दा बढी रहेको प्रहरीले जनाएको छ । ट्रक र छोकडा सहित ३७ लाख ५० हजार मुल्य कायम गरी थप कारवाहीका लागि बरामद गरिएको छोकडा र ट्रकलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

प्रहरीले ट्रकका चालक विशाल क्षेत्रीलाई समेत भन्सारमा बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button