किसानको बारीमै पुगेर तरकारी उठाउँदै ज्ञानकेन्द्र प्रमुख
जिल्लाका स्थानीय स्तरमा किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेपछि कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख गोविन्द सिजापति किसानको बारीमै पुगेर तरकारी ढुवानी गर्न थाल्नुभएको छ । विश्व महामारीका रुपमा फैलिएको नोभेल कोरोना कोभिड ९० को संक्रमणबाट बन्दावन्दीका कारण किसानको तरकारी बारीमा कुहिन थालेपछि ज्ञानकेन्द्र प्रमुख सिजापरित किसानको घर–घर पुगेर तरकारी खरिद तथा ढुवानी गर्न थाल्नुभएको हो ।
“हप्तामा चार दिन अर्थात एक दिन विराएर किसानको बारीमा पुग्छौं, किसान र तरकारी संगै उठाएर बजारसम्म ल्याईदिन्छौं उँछौं ज्ञान केन्द्र प्रमुख सिजापतिले भन्नुभयो
कोरोना भाइरसका कारण भएको लकडाउनले बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरू मर्कामा परेको बेला कृषि ज्ञानकेन्द्रले यो अभियान सञ्चालन गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्